घरेलु महिला कामदारको श्रम स्विक्रिती सम्बन्धि एन आर एन ए ओमानको ज्ञापन पत्र

Published On: Source: NRNA OMAN
नेपाल सरकार बाट वैदेशिक रोजगारको घरेलु कामदार सम्बन्धि २०६७ को नियमावली लाई खारेज गरि बनाएको नियमावली २०७२ मा केही सच्याउनु पर्ने देखिए पछी एन आर एन ए ओमानले नेपाल सरकारको ध्यानाकर्शन ओमान स्थित नेपाली राजदुतबाश समक्ष घरेलु महिला कामदारको श्रम स्विक्रिती सम्बन्धि ज्ञापन पत्र बुझाएको थियो ।

वैदेशिक रोजगारमा रहने घरायसी कामदारहरुले नेपाल छुट्टीमा गएर सोही घर र सोही भीशामा फेरि बिदेश आउँदा धेरै दु:ख पाएको जानकारीमा आउनसाथ उक्त ज्ञापन पत्र नेपाल सरकार को नियोग मा पेश गरिएको थियो । उक्त पत्रमा सरकारको काम नियमावली बनाइ वैदेशिक रोजगार अन्तर्गत घरायसी कामदारको लागि सहज बाताबरण बनाउने हो न कि दु:ख दिने । यस सम्बन्धी नियमहरु लाई पुनर्बिचार गरि श्रम नवीकरणलाई सहज हुने खालको नियम बनाउनु हुन अनुरोध गरिएको थियो । अनि नेपाल सरकार द्वारा वैदेशिक रोजागार सम्बन्धी कुनै नियम कानुन जारी भएमा सम्बन्धित निकायमा सूचना प्रवाह गरि कम्तीमा तीन महिना पछि मात्रै नियम लागू गर्न गराउन अनुरोध पनि गरिएको थियो ।