नवनिर्वाचित प्रधानमन्त्री के.पी शर्मा ओलाीलाई एन.आर.एन.ए ओमानको बधाई

Published On: Source: NRNA OMAN
आइतवार ११ अक्टोवर २०१५ का दिन प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएको के.पी शर्मा ओालीलाई बिभिन्न देशहरु तथा संघ संस्थाहरु ले बधाइ दिएका छन् । यसै शिलशिलमा गैर आवासीय नेपाली संघको आइ.सि.सि तथा एन.सि.सिहरुले पनि बधाई ज्ञापन गरेका छन् ।

एन.आर.एन.ए ओमानले बधाई तथा शुभकामना पत्र प्रेसित गरेर बधाई दिएको छ । पत्रमा लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भई नेपालको ३८ औं प्रधानमन्त्री हुनुभएकोमा संघले हार्दिक बधाई दिएको उल्लेख गरिएको छ । साथै जारी संबिधानलाई ओली ज्युको कार्यकालमा पूणतया लागू गरि नेपालीहरुले अपेक्षा गरे जस्तै नेपालको संरचना हुने तथा उहाँ सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिएको । बर्तमानको बिषम परिष्थिति जस्तौ स्थित आउन नदिन नवनिर्वाचित मन्त्री ज्युले पक्कै पनि दिर्घकालिन रुपमा केहि पहल गर्नेमा संघ बिश्वस्त रहेको पनि पत्रमा जनाएको छ ।