मध्यपूर्वका एनआरएनहरुको साझा मुद्धा

Published On: Tuesday, October 13, 2015 | Source: NRNA OMAN

वैदेशिक रोजगारमा रहेका नेपालीहरुको सामाजिक सुरक्षा कोष स्थापनार्थ हजारे अभियान सफल पार्न, वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई पुनः श्रमस्वीकृति नेपाली नियोगमा नै दिन, निशुल्क भिषा र टिकटको कार्यान्वयन गराउन, सबै एनआरएनहरुलाई त्रिभुवन विमानस्थलमा छुट्टै सेवा प्रदान गर्न, विदेशस्थित नियोग र नेपालका मन्त्रालयबीच समन्वय गराउन, महिला कामदारको श्रमस्वीकृति तथा पुन श्रमस्वीकृतिमा अल्झन नराख्न लयागतका मुद्धाहरुलाई सम्बोधन गरिएको थियो । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका मध्यपूर्वका एनआरएनहरुले साझा मुद्धा लिएर जाने निष्कर्ष निकालेका थिए ।

गैरआवासीय नेपाली संघ ओमानले आयोजना गरेको कार्यक्रममा वर्तमान गल्फ संयोजक चन्द्र रोकाहा,एनआरएन ओमानका पूर्व अध्यक्ष डिबी क्षेत्री, एनआरएन कतारका सल्लाहकार आरके शर्मा, एनआरएन बहराइनका पूर्व आइसीसी सदस्य जेपी सापकोटा, गल्फ उपसंयोजकमा उम्मेदवारी दिएका एनआरएन कुवेतका पूर्व अध्यक्ष धर्मराज गिरीको उपस्तिथी रहेको थियो ।