ओमानमा नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रमः

Published On: Wednesday, May 22, 2019 | Source: NRNA OMAN
पर्यटन प्रबर्द्धन कै सिलसिलामा ओमानको एक प्रतिष्ठित शपिङ मल अल बजा सेन्टरमा यहाको सामाजिक संस्था संग मिलेर आज बेलुकी ७ बजे देखि ११ बजे सम्म नेपाली स्टल राखिएको थियो । एनआरएनए एनसिसि ओमानको तर्फबाट राखिएको सो स्टलमा नेपाली सस्कृती झल्काउने सरसामनहरु, नेपाली स्वादिलो खानाहरु (निशुल्क बितरण), पर्यटन सम्बन्धि leaflet /book हरु बितरण गरिएको थियो। छोटो समयको लागि गरिएको उक्त कार्यक्रम प्राभावकारी भएको थियो। आगामी दिनहरुमा यस सम्बन्धी बृहत् कार्यक्रम गरिने समेत जानकारी गराउदछु।
                 
 
एनआरएनए एनसिसि ओमान ।