मृगौला पिडित पुष्पलाल तिमल्सिनालाई एन.आर.एन.सोसल क्लब ओमानको सहयोग

Published On: Wednesday, October 4, 2017 | Source: NRNA OMAN
दुबै मृगौलाले काम नगरे पछि पिडित हुनुभएका पोखरा लेखनाथ महानगरपालिका-३२ निवासी पुष्पलाल तिमल्सिना लाई एन.आर.एन. सोसल क्लबको आब्हानमा आर्थिक सहयोगको अपील गरिएको थियो । ओमानको बिभिन्न स्थानहरुमा बसोबास गर्नु भएका सेवामा समर्प्रित नेपाली दाजुभाई, दिदी बहिनिहरु तथा अन्य देशका नागरिकहरुले सहयोग गर्नु भएको रकम रु एक लाख एक सय साठी रुपैयाँसहयोग,  नेपाल स्थित स्थानिय समाजसेवीहरु, स्थानिय क्लबका अध्यक्ष, आमा समाजको अध्यक्ष तथा बजार ब्यबस्थापन समितीका अध्यक्ष को उपस्थितिमा ०४ अक्टोबर को दिन पिडित पुष्पलाल तिमल्सिनालाई एन.आर.एन.सोसल क्लबको प्रतिनिधित्व गर्दै महा सचिब पूर्ण बहादुर श्रेष्ठ बाट हस्तान्तरण गरिएको थियो ।
एन.आर.एन.सोसल क्लब ओमान, सहयोगी सम्पुर्ण हातहरुलाई हार्दिक आभार प्रकट गर्दछ ।