गैरआवासीय नेपाली सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न ।

Published On: Sunday, March 25, 2018 | Source: NRNA OMAN
          गत शुक्रबार २३ फेब्रुअरी २०१८ का दिन बर्का स्थित होटल फुडहाउसको सभा कक्षमा गैरआवासीय नेपाली सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न भएको छ।सोसल क्लवको गत बर्षको गतिविधि तथा पार्षद सदस्यहरु संग छलफलको लागि बार्षिक साधरण सभा आयोजना गरेको सोसल क्लवका प्रबक्ता बिकल झा ज्युले जानकारी दिनुभएको छ । कार्यक्रममा स्वगत मन्तव्यमा बोल्दै प्रवक्ता ज्यूले सोसल क्लवको एक बर्षको गतिविधि अवलोकन गर्न उपस्थित भएकोमा आभार प्रकट गर्दे तथा सल्लाह सुझाब दिन आग्रह गर्नु भएको थियो साथै सम्पूर्ण उपस्थित दर्शकहरुलाई कार्यक्रममा स्वागत गर्नु भएको थिए ।
           कार्यक्रमको सभापतित्व सोसल क्लवका अध्यक्ष श्री दिपक श्रेष्ठले गर्नु भएको थियो र नेपाली राजदुतावास मस्कटकी राजदुत महा मयम शर्मिला पराजुली ढकाल प्रमुख अतिथिको रुपमा कार्यक्रममा पाल्नु भएकी थिइन त्यस्तै एन.आर.एन आई.सि.सि का सचिव डि.बि छेत्री र मध्यपूर्व संयोजक आर.के शर्मा बिषेश अथितिको रुपमा उपस्थित भएका थिए । ओमान स्थित लगभग ढेड दर्जन संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिको रुपमा आमन्त्रण भएका थिए ।
कार्यक्रममा सोसल क्लवका कोषाध्यक्ष श्री सेवन्त पुन ज्यु बाट आर्थिक बिवरण र एक बर्षे कार्यप्रगति बिवरण महासचिवले प्रस्तुत गरेका थिए । गत महाधिवेशनको घोषणापत्रको समिक्षा तथा बिभिन्न पाइपलाईनमा भएका एजेन्डाको बारेमा अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिएका थिए ।
कार्यक्रमको मन्तव्यमा बोल्दै मध्यपूर्व क्षेत्रीय संयोजकले एन.आर.एन. ग्लोवलको आवश्यकताका बारेमा प्रकाश पारेका थिए । अनेकतामा एकता भन्दै युरोप अमेरिकामा रहेका नेपालीहरुले बर्तमान समयमा मध्यपूर्वका दुख पिडालाई बुझ्दै साथ दिएको उहाँले बताउनु भयो । एन.आर.एन सचिव डि.बि छेत्री आफ्नो मन्तव्यमा बोल्दै कस्ले गरेको काम ठिक हो भन्दै व्यक्तिलाई नखोजीकन के ठिक हो भन्ने तिर लागौ र जागरुक व्यक्तिहरुले एकजुट भएर नेपाल र नेपालीको सेवामा लाग्न पर्नेमा जोड दिनुभयो ।
         कार्यक्रमको मन्तव्यमा बोल्दै नेपाली राजदुतावास ओमानकी राजदुत तथा प्रमुख अतिथिले दुतावास नेपालीका हितमा हुने सोसल क्लवका सम्पुर्ण कार्यहरुमा हातेमालो गर्न सधै तत्पर रहेको र नेपालीहरुको सेवाका लागि दुतावासको ढोका चौविसै घण्टा खुल्ला रेहेको पनि बताउनु भयो । बर्तमान समयमा स्थिर सरकार बनिसकेकोले अव नेपालीहरुको समस्या समाधानको लागि सरकार संग ताकेता गर्न पनि सहज हुने उहाँको भनाई रहेको थियो । कार्यक्रममा ओमानका बिभिन्न क्षेत्रबाट नेपालीहरु उपस्थित भएका थिए । कार्यक्रम संञ्चालन नगेन्द्र पौडेलले गरेका थिए र कार्यक्रममा समाजसेवामा सहयोग गरेका बिभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।